गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा उठेका प्रश्नहरूको जवाफ संसदमै दिने आफ्नो अडान दोहोर्याएका छन्।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीमाथि अख्तियारले गरेको छानबिनबारे प्रश्न उठेकाले त्यसबारे विस्तृत जवाफ संसदमै दिने इच्छा व्यक्त गरे।
उनले भने, “यदि यो विषयमा केवल समितिका सदस्यहरूको मात्र जिज्ञासा भएको भए, म यहीँ जवाफ दिएर जान्थेँ। तर, यो चासो अरू सांसदहरूमा पनि देखिएकोले, मेरो प्रार्थना छ—मलाई संसदमा बोल्ने अवसर दिइयोस्। म त्यहाँ उठेका सबै प्रश्नहरूको जवाफ दिन तयार छु, जसले गर्दा सबै सांसदहरूको चित्त बुझोस् भन्ने मेरो अपेक्षा छ।”














![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया