भोलिदेखि संसद नियमित चलाऔं भनेर प्रचण्डसँग कुरा गर्न खोजेँको सम्पर्कमै आउनुभएन: प्रधानमन्त्री ओली

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १९ गते
भोलिदेखि संसद नियमित चलाऔं भनेर प्रचण्डसँग कुरा गर्न खोजेँको सम्पर्कमै आउनुभएन: प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामालाई लिएर प्रतिपक्षले संसद अवरुद्ध गर्नु लोकतान्त्रिक अभ्यासविपरीत भएको बताएका छन्।

आज बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मंगलबारदेखि संसदका नियमित गतिविधि सञ्चालन हुने बताएका छन्। उनले भने, “भोलिदेखि संसद नियमित रूपमा चलाऔं भनेर प्रमुख प्रतिपक्षी दलका अध्यक्ष पुष्पकमल दाहालसँग सम्पर्क गर्न प्रयास गरेँ, तर उहाँ जानीजानी सम्पर्कमा आउनुभएन। संवाद नगर्ने अनि सदन बन्द गर्ने मुडमा हुनुहुन्छ होला, तर यस्ता व्यवहार सधैं चल्दैन।”

प्रधानमन्त्री ओलीले गृहमन्त्रीमाथि कुनै उजुरी वा छानबिन नै नभएको अवस्थामा राजीनामाको माग गर्नु निरर्थक भएको बताए। “केही विषय नपाएर गृहमन्त्रीको राजीनामा मागिएको छ,” उनले भने, “यस्ता आधारमा संसद अवरुद्ध गर्नु उपयुक्त होइन। माननीयज्यूहरू तयार भएर बस्नुस्, भोलिदेखि सदन चल्छ।”

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स