बैंकहरुसँग कति छ सेयर कर्जा दिने क्षमता ?

बैंकहरुसँग कति छ सेयर कर्जा दिने क्षमता ?
Advertisement Ads

असोज २२ मा एक परिपत्र जारी गर्दै राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तिय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा हटायो। यस अघि कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल रु. २५ करोड कायम गरिएको थियो। पूँजी बजार सुधार सुझाव कार्यदलको प्रतिवेदनले सुझाव दिए बमोजिम राष्ट्र बैंकले सो सीमा हटाएको हो।

बैंक वित्तिय संस्थाहरुले आफ्नो कोर क्यापिटलको ४० प्रतिशत सम्म मार्जिन कर्जा दिनसक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। हाल नेपालमा २० वाणिज्य बैंकहरु छन्। ती मध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंकले मार्जिन कर्जा प्रवाह गरेको छैन। राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार २०८२ को साउन मसान्त सम्ममा बैंक वित्तिय संस्थाहरुले १४४ अर्ब रुपैयाँ बराबरको मार्जिन कर्जा प्रवाह गरेका छन्। सो मध्ये  ‘क’ वर्गका वाणिज्य बैंकहरु बाट १२० अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ भने ‘ख’ र ‘ग’ वर्गका वित्तिय संस्थाले २४ अर्ब रुपैयाँ बराबरको मार्जिन कर्जा प्रवाह गरेका छन्।

राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो तथ्याङ्क अनुसार २० वटा वाणिज्य बैंकहरुको कोर क्यापिटल ६०० अर्ब रुपैयाँ बराबर छ। त्यसको ४० प्रतिशत भनेको २४० अर्ब हुन आउँछ। वाणिज्य बैंकहरुले १२० अर्ब मार्जिन कर्जा प्रवाह गरिसकेको हुँदा अब १२० अर्ब रुपैयाँ थप मार्जिन कर्जा प्रवाह गर्नसक्ने क्षमता वाणिज्य बैंकहरु सँग रहेको देखिन्छ।

कुन बैंकसँग कति ?

सबैभन्दा धेरै मार्जिन कर्जा प्रवाह गर्नेमा नबिल बैंक देखिन्छ। नबिलले १६ अर्ब ५७ करोड मार्जिन कर्जा प्रवाह गरिसकेको छ। दोश्रोमा ग्लोबल आईएमई बैंक छ जसले १२ अर्ब ८९ करोड मार्जिन कर्जा प्रवाह गरेको छ। कुमारी बैंकले ११ अर्ब २५ करोड प्रवाह गरेको छ। १० अर्ब माथि मार्जिन कर्जा प्रवाह गर्ने यी ३ बैंकहरु मात्रै देखिन्छन।

Advertisement Ads

कर्जा प्रवाह गर्नसक्ने क्षमताको आधारमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक अग्रपंक्तिमा छ। इन्भेस्टमेन्ट मेगासँग १७ अर्ब ४७ करोड कर्जा प्रवाह गर्नसक्ने क्षमता छ। सबैभन्दा कम सिद्धार्थ बैंक सँग ७८ करोड रुपैयाँ मात्रै मार्जिन कर्जा प्रवाह क्षमता रहेको देखिन्छ।

DATA TABLE https://bajarkochirfar.com/how-much-share-lending-capacity-do-banks-have | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स