सरकारले नागढुंगा सुरुङमार्गमार्फत सवारीसाधन आवागमनका लागि दस्तुर निर्धारण गरेको छ। बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सोमबारको मन्त्रिपरिषद् बैठकमा गरिएको निर्णय सार्वजनिक गरेका हुन्। नागढुंगा सुरुङमार्गको निर्माण अहिले अन्तिम चरणमा पुगेको छ।
निर्णय अनुसार, कार तथा भ्यानले काठमाडौं आउँदा ६५ रुपैयाँ र बाहिर जाँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनिबस तथा मिनिट्रकको दस्तुर काठमाडौं आउँदा ११५ रुपैयाँ र जाँदा ८० रुपैयाँ तोकिएको छ। त्यस्तै, बस तथा ट्रकले काठमाडौं आउँदा २६० रुपैयाँ र जाँदा २०० रुपैयाँ र भारी उपकरणयुक्त सवारीसाधनका लागि भने काठमाडौं आउँदा ६०० रुपैयाँ र जाँदा २५० रुपैयाँ दस्तुर तोकिएको छ।


















प्रतिकृया