नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेको हो।
यससँगै आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो भने सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १०० रुपैयाँले घटेर प्रतितोला ४ हजार ९४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ५ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो।


प्रतिकृया