एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश वितरण र साधारणसभा प्रयोजनका लागि माघ २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार, माघ २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरू मात्र कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ का लागि हाल कायम चुक्तापुँजीको १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। यसमा ५ प्रतिशत बोनस सेयर र ५.५२६३ प्रतिशत नगद लाभांश (करसहित) समावेश छन्।
उक्त प्रस्ताव पारित गर्न कम्पनीले आफ्नो १८ औँ वार्षिक साधारणसभा फागुन ११ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा बाराको सिमरास्थित होटल क्लासिकमा दिउँसो १ बजे सुरु हुनेछ।
सभाले बोनस सेयर वितरणपछिको हदसम्म जारी तथा चुक्तापुँजी वृद्धि गर्न स्वीकृति दिने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। साथै, समयानुकूल प्रबन्धपत्रमा आवश्यक अनुसार उद्देश्य थप तथा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ। प्रबन्धपत्र र नियमावली संशोधन गर्दा नियमनकारी निकायबाट प्राप्त राय, सुझाव र निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि अनुमोदन हुनेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ।













![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-768x432.jpg)


![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया