गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेदेखि नै नीतिगत सुधारमा आफू सक्रिय रहेको दाबी गरेका छन्।
राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सरकार गठनसँगै आफूले मन्त्रालयमा सुधारका विभिन्न पहल अघि बढाएको बताए। उनका अनुसार, “सरकार गठन भएको ११ महिना पुग्न लाग्यो, मैले पनि गृह मन्त्रालयको जिम्मेवारी सम्हालेको यही समय भयो। यस अवधिमा मन्त्रालयमा नीतिगत, कानूनी र संरचनागत सुधारका प्रयासहरू भइरहेका छन्।”
उनले गृह मन्त्रालयले नागरिकता विधेयकलाई विशेष प्राथमिकता दिएको उल्लेख गरे। सोही अनुरूप दोस्रो संशोधन प्रस्ताव संसदमा पेश गरिएको जानकारी दिए। उनले प्रस्तुत संशोधनहरूलाई नै केन्द्रमा राखेर निष्कर्षमा पुगिने पनि स्पष्ट पारे।














![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया