गृहमन्त्री लेखकले भने, “सरकार सञ्चालनमा कुनै समस्या छैन, शिक्षकको माग छिट्टै सम्बोधन हुन्छ”



Advertisement
Ads

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ सत्ता गठबन्धन दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सम्पन्न भएको छ। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सरकार सञ्चालन, तथा बाहिर देखिएका राजनीतिक क्रियाकलापहरूप्रति समीक्षा र छलफल भएको छ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री रमेश लेखकले दुई दलबीचको नियमित बैठक बसेको जानकारी दिँदै समसामयिक विषयमा सकारात्मक र सौहार्दपूर्ण छलफल भएको बताए।


Advertisement

उनका अनुसार सरकार सञ्चालनमा कुनै समस्या छैन र बाहिर जे-जस्ता कुरा आइरहेका छन्, ती वास्तविकताभन्दा टाढा छन्। उनले शिक्षकहरूको मागप्रति सरकारले गम्भीर ध्यान दिएको उल्लेख गर्दै आगामी संसद अधिवेशनबाट शिक्षासम्बन्धी विधेयक टुङ्गो लाग्ने विश्वास व्यक्त गरे।

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा. आरजुराणा देउवासहित शीर्ष नेताहरू सहभागी थिए।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर