गृहमन्त्री लेखकले भने, “तीनकुने घटनाका घाइतेको सबै उपचार सरकारले गर्छ”
गृहमन्त्री रमेश लेखकले तीनकुने घटनाका घाइतेहरूको सम्पूर्ण उपचार सरकारले गर्ने बताएका छन्। उनले भने, “घाइतेको उपचार गर्दा बाहिरबाट औषधि किन्दा त्यसको खर्च पनि सरकारले व्यहोर्नेछ।”
यस घटनामा मृत्यु भएका व्यक्तिहरूको परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ। गृहमन्त्रीले सरकार घटनालाई गम्भीरतापूर्वक लिइरहेको र यस्ता आपराधिक घटनाहरू भविष्यमा रोक्नका लागि गम्भीर रहेको जनाएका छन्।
तीनकुने घटनामा आक्रमण, आगजनी, लुटपाट जस्ता आपराधिक कार्यहरू भएको उल्लेख गर्दै, यसलाई आतंक र अराजकता फैलाउने नियोजित कार्य भनेका छन्।