आफूमाथि लागेको आरोपबारे प्रष्ट्याउन पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले भिटिज भिसा प्रकरणमा आफूमाथि लागेको आरोपबारे प्रष्ट्याउन पत्रकार सम्मेलनको तयारी गरिरहेका छन्।
उनको सचिवालय स्रोतले जानकारी दिएको छ कि प्रतिनिधिसभाको अवरोध नहटेमा गृहमन्त्रीले पत्रकार सम्मेलनमार्फत आफ्नो कुरा राख्ने योजना बनाएका छन्। तर विपक्षीले अवरोध हटाए संसद् बैठकमार्फत आफूले बोल्ने तयारी पनि गृहमन्त्रीले गरेका छन्।
गृहमन्त्री लेखकले संसद्मा बोल्न समय पाइसकेका छन्, तर विपक्षीहरूले पदबाट राजीनामा माग्दै संसद् अवरुद्ध गरिरहेका छन्। गृहमन्त्री नजिकको स्रोतका अनुसार, “सकेसम्म संसद् अवरोध हटाएर त्यहीँ सम्बोधन गर्ने प्रयास गरिनेछ, नत्र पत्रकार सम्मेलन नै हुनेछ।”