गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणबारे छानबिन गर्न प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका छन्।
उनले सरकारी प्रतिनिधिमण्डल बाहेक अरू कसरी र कुन माध्यमबाट स्पेन गएका, भिसा प्रक्रिया कसले व्यवस्थित गर्यो र समन्वय कसको थियो भन्ने विषयमा छानबिन हुनुपर्ने बताए। केन्द्रीय अनुसन्धान ब्यूरो र मानव बेचबिखन अनुसन्धान ब्यूरोले अनुसन्धान गर्नेछन् र दोषी देखिए कारबाही पनि गरिनेछ।
यो विषय प्रधानमन्त्री ओलीको स्पेन भ्रमणपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले स्वदेश नफर्किएको केही व्यक्तिहरू भएको उल्लेख गरेपछि विवादमा आएको हो।




















प्रतिकृया