२०८४ को चुनाव २०८२ मा गराउँदैमा देश सुध्रिँदैन: अध्यक्ष लिङ्देन

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन ७ गते
२०८४ को चुनाव २०८२ मा गराउँदैमा देश सुध्रिँदैन: अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक अवस्था र चुनावी प्रक्रियाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

सुनसरीको चक्रघट्टीमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले २०८४ मा हुनुपर्ने चुनाव २०८२ मै जबरजस्ती गराइएको दाबी गरे। “यही व्यवस्था ठीक छ र यही चुनावबाट जनताको अवस्था सुध्रिन्छ भनेर मुलुकलाई जबरजस्ती चुनावतर्फ धकेलियो भने समस्या केही समयका लागि टर्ला, तर पछि झन् जटिल र भयानक बन्नेछ। देश दुर्घटनातर्फ जानेछ,” उनले भने।

लिङ्देनले देशमा कसैले पनि आफूलाई निषेधित महसुस नगर्ने वातावरण आवश्यक रहेको बताए। उनका अनुसार राजा, राजनीतिक दल र नवयुवा पुस्ताबीच नयाँ समझदारी अपरिहार्य छ।

प्रजातन्त्र दिवसका अवसरमा ज्ञानेन्द्र शाहले दिएको सन्देशलाई सुझावका रूपमा आएको उल्लेख गर्दै उनले त्यसलाई सकारात्मक रूपमा लिन राजनीतिक दलहरूलाई आग्रह गरे। देशलाई केन्द्रमा राख्दै “नेपाल प्रथम, नेपाली प्रथम” को भावनासहित नयाँ सहमति गर्न उनले आह्वान गरे।

आगामी चुनाव देशको भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै उनले सामाजिक सञ्जालका आधारमा होइन, गम्भीरतापूर्वक सोचेर मतदान गर्न मतदातालाई आग्रह गरे। समस्या व्यक्तिमा मात्र नभई व्यवस्थामै रहेको दाबी गर्दै उनले व्यवस्था परिवर्तन आवश्यक रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स