नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्ति बदरको मागसहित दायर रिटमाथिको सुनुवाइ सर्वोच्च अदालतमा सकिएको छ। न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासमा आज सुनुवाइ सम्पन्न भएको हो।
गत शुक्रबार अधिवक्ता अनन्तराज लुइँटेल, विशाल थापा र प्रतिभा उप्रेतीले सर्वोच्च अदालतमा दर्ता गराएको रिट मङ्गलबार दर्ता भएपछि आजका लागि पेसी तोकिएको थियो।
रिटमा अदालतलाई मुद्दाको टुंगो नलागेसम्म गभर्नरले नोटमा हस्ताक्षरसहितका निर्णय गर्न नदिन अन्तरिम आदेश जारी गर्न आग्रह गरिएको छ।
अधिवक्ताहरूले गभर्नर पौडेललाई राजनीतिक पृष्ठभूमिका व्यक्ति भएको, मौद्रिक क्षेत्रमा आवश्यक अनुभव नभएको तथा राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ अनुसार आवश्यक शैक्षिक योग्यता नपुगेको दाबी गरेका छन्।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया