कांग्रेसले बोलाएको बैठकमा हर्क साम्पाङको पार्टी अनुपस्थित

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख ३ गते
कांग्रेसले बोलाएको बैठकमा हर्क साम्पाङको पार्टी अनुपस्थित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय समितिका सभापतिको निर्वाचनका विषयमा छलफल गर्न बोलाएको विपक्षी दलहरूको संयुक्त बैठकमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी सहभागी भएन।

कांग्रेसले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दललाई छलफलका लागि आमन्त्रण गरेको भए पनि नेकपा एमालेसहित केही दलका नेताहरू मात्रै बैठकमा सहभागी भएका थिए।

उता, राप्रपा पनि उक्त बैठकमा अनुपस्थित रह्यो। यता सत्तारुढ दल रास्वपाले भने उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुवीकुमारीलाई समर्थन गरेको थियो त्यसपछि हर्क साम्पाङ पछिल्लो समय रास्वपासँग नरम देखिँदै आएका छन्।

यसैबीच, रास्वपाले सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरिसकेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स