ग्राण्ड सेन्ट्रल होटल लिमिटेडले आईपीओ निष्काशन गर्ने तयारी गरेको छ। कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नका लागि साधारण सभा आह्वान गरेको हो। माघ २७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी फागुन २९ गते बिहान ११ बजे, इटहरीस्थित होटल परिसरमा सभा आयोजना गर्ने निर्णय गरेको छ।
सभामा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। साथै, आईपीओसँग सम्बन्धित आवश्यक प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पेश गरिनेछ।
यसैगरी, कम्पनीको पूँजी वृद्धि तथा पूँजी संरचना परिवर्तन सम्बन्धी प्रस्ताव समेत सभाबाट अनुमोदन गरिनेछ।
साधारण सभाले कम्पनीको वार्षिक प्रतिवेदन र गत आर्थिक वर्षको वित्तीय विवरणहरू पनि अनुमोदन गर्ने कार्यसूची तय गरेको छ।
















प्रतिकृया