कोभिडपछि अर्थतन्त्रलाई लयमा ल्याए: गभर्नर अधिकारी

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २२ गते
कोभिडपछि अर्थतन्त्रलाई लयमा ल्याए: गभर्नर अधिकारी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो पाँच वर्षे कार्यकालको समिक्षा प्रस्तुत गर्दै चुनौतीपूर्ण समयको अर्थतन्त्रलाई लयमा ल्याएको दाबी गरेका छन्। शुक्रबार कार्यकालको अन्तिम दिन पत्रकार सम्मेलनमार्फत उनले यस्ता दाबी गरेका हुन्।

अधिकारीले कार्यभार सम्हाल्दाको समय कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धबाट उत्पन्न आपूर्ति प्रणालीको अवरोधले देशको अर्थतन्त्रमा गम्भीर असर परेको स्मरण गरे। उनले ती घटनाले आर्थिक अनिश्चितता र स्थायित्वमा ठूलो चुनौती सिर्जना गरेको उल्लेख गरे। तर, मौद्रिक नीति र नियामकीय नीतिहरूमा गरिएका सुधार तथा परिवर्तनका कारण आर्थिक स्थायित्व कायम राख्न सफल भएको उनको भनाइ छ।

कोभिडको बेला नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीति अवलम्बन गर्दै कर्जा सहजीकरणका लागि पुनरकर्जा सुविधा जस्ता कदम चालेको उनले बताए। उनका अनुसार यस्ता उपायहरूले अर्थतन्त्रलाई संकुचनबाट जोगाउन र पुनरुत्थानमा मुख्य भूमिका रहेको बताए। साथै, पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता रहेको भन्दै उनले त्यसको व्यवस्थापनलाई आधुनिकीकरण गर्दै लगिएको जानकारी दिए। ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधाजस्ता व्यवस्थाहरू लागू गरिएको पनि उनले उल्लेख गरे।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स