पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गर्ने तयारी अघि बढाएको छ। बिहीबार यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भाडा समायोजनका लागि सिफारिस गरेको हो।
नेपाल आयल निगमले चैत १ गते रातिदेखि पेट्रोलमा १५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा १० रुपैयाँ मूल्य वृद्धि गरेको थियो। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेर इन्डियन आयल कर्पोरेसनबाट महँगो दरमा इन्धन आयात हुन थालेपछि मूल्य समायोजन गरिएको निगमले जनाएको छ।
इन्धनको मूल्य बढेसँगै सार्वजनिक यातायातको भाडा समायोजन गर्नुपर्ने अवस्था सिर्जना भएको विभागले जनाएको छ। भाडा निर्धारण प्रक्रियाअनुसार सरोकारवाला निकायहरूसँग छलफल गरी भाडा निर्धारण समितिको बैठकबाट नयाँ दर तय गरिएको छ।
सोही आधारमा मन्त्रालयसमक्ष भाडा वृद्धि स्वीकृतिका लागि सिफारिस गरिएको छ। मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि नयाँ भाडादर लागू हुने जनाइएको छ।




















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)


प्रतिकृया