■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Military Welfare Directorate |
| ◆ पद (Position / Title): | Executive Director, Chartered Accountant, Executive Officer, Section Head, Camp Security and Management Padik, Office Head, Staff Nurse, Assistant Pharmacist, Accountant, Associate Professor, Principal, Nozzleman, Assistant Lecturer |
| ◆ रिक्त संख्या (Vacancies): | १९ |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | २०८३/०४/०५ |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २०८३/०४/१९ |
◆ संक्षिप्त जानकारी (Summary):
सैनिक कल्याणकारी निर्देशनालय, जङ्गी अड्डाले मातहतका विभिन्न कार्यालयहरूका लागि १८ जना कर्मचारी करार सेवामा माग गरेको छ।
सैनिक कल्याणकारी निर्देशनालय, जङ्गी अड्डाले सैनिक कल्याणकारी कोषको व्ययभारमा सञ्चालित विभिन्न कार्यालयहरूका लागि आवश्यक १९ पदहरूमा खुल्ला प्रतिस्पर्धाबाट करार सेवामा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त फारम भर्न सक्नेछन्।
विज्ञापित पदहरूमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका लागि कार्यकारी निर्देशक, सैनिक कल्याणकारी निर्देशनालयका लागि चार्टर्ड एकाउन्टेन्ट, र नेपाली सेना कल्याणकारी बोर्डका लागि कार्यकारी अधिकृत, कल्याणकारी शाखा प्रमुख, लगानी शाखा प्रमुख तथा क्याम्प सुरक्षा तथा व्यवस्थापन पदिक रहेका छन्। यसैगरी बागमती, कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका हिताधिकारी कल्याण केन्द्रहरूका लागि प्रशासन पदिक र कार्यालय प्रमुखहरू माग गरिएको छ।
अन्य पदहरूमा सहायक लेक्चरर (रेडियोगाफी, गणित, भौतिक शास्त्र), स्टाफ नर्स, सहायक फर्मासिस्ट, लेखापाल, उपप्राध्यापक (हर्टिकल्चर), प्रिन्सिपल र नोजलम्यान रहेका छन्। दरखास्त पेस गर्ने अवधि २०८३/०४/०५ गतेदेखि २०८३/०४/१९ गतेसम्म तोकिएको छ।
दरखास्त सम्बन्धी विस्तृत विवरण र योग्यता सम्बन्धी जानकारी कार्यालयको सूचना पाटी, नेपाली सेनाको आधिकारिक वेबसाइट www.nepalarmy.mil.np तथा सैनिक कल्याणकारी निर्देशनालयको फेसबुक पेजमा हेर्न सकिने सूचनामा उल्लेख छ।
थप सुचनामा:
