सुनको मूल्यमा भारी गिरावट, एकैदिन ७ हजार ८०० रुपैयाँले ओरालो लाग्दै ३ लाख मुनि पुग्यो

सुनको मूल्यमा भारी गिरावट, एकैदिन ७ हजार ८०० रुपैयाँले ओरालो लाग्दै ३ लाख मुनि पुग्यो

स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा रु सात हजार ८०० र चाँदी रु ११५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८९५ कायम भएको छ ।

हिजो बिहीबार एक तोला सुन रु तीन लाख दुई हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १० कायम भएको थियो ।

गत बुधबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख सात हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार १५० कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Copy of Copy of GOLD SILVER 14 https://bajarkochirfar.com/gold-prices-drop-sharply-dropping-by-rs-7800-in-a-single-day-to-below-rs-3-lakh | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स