नेपाली बजारमा आठ दिनपछि सुन र चाँदीको मूल्य पुनः सार्वजनिक भएको छ। व्यवसायीहरूको आन्दोलनपछि सरकारले बिहीबार ६ बुँदे सहमति गरेसँगै शुक्रबारदेखि मूल्य निर्धारण सुरु भएको हो।
आज छापावाल सुनको मूल्य प्रति तोला ३०० रुपैयाँले घटेर १,९१,८०० रुपैयाँमा पुगेको छ भने चाँदीको मूल्य ५० रुपैयाँले बढेर २,२२० रुपैयाँमा कारोबार भइरहेको छ। असार १९ गतेदेखि मूल्य नआएकोमा कर र भ्याट विरुद्धको आन्दोलनका कारण मूल्य स्थिर थियो।
सरकारले बजेटमार्फत सुनमा २% विलासिता कर र हिराजडित गहनामा १३% भ्याट लगाएको थियो, जसका विरुद्ध व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए।


















![अर्थमन्त्री फेरिंदैछन् ? सेयर बजारले के चाहेको छ ? [भिडिओसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/o1QyWIoiIVA-maxresdefault-150x150.jpg)
प्रतिकृया