शुक्रबार सुनचाँदीको मूल्यमा उच्च अंकको गिरावट, तोलाको कतिमा हुँदैछ किनबेच ?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुनचाँदीको मूल्यमा उच्च अंकको गिरावट आएको छ ।
छापावाला सुनको मूल्य प्रतितोला ३ हजार ९ सयले घटेर तोलाको १ लाख ७६ हजार ४ सय रुपैयाँमा किनबेच हुँदैछ।
बिहिबार सुनको मूल्य तोलाको १ लाख ८० हजार ३ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि १२५ रुपैयाँले घटेर तोलाको १ हजार ८७० रुपैयाँमा किनबेच भइरहेको छ।