स्थानीय बजारमा सुनचाँदीको मूल्यमा गिरावट

स्थानीय बजारमा सुनचाँदीको मूल्यमा गिरावट

स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य केही घटेको छ । सुन तोलामा रु तीन हजार ६०० र चाँदी रु १६५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ७८० कायम भएको छ ।

हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९७ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९४५ कायम भएको थियो ।

गत मङ्गलबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९० हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ८४५ कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २०० र त्यति नै परिमाणको चाँदी ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Copy of Copy of GOLD SILVER 1 https://bajarkochirfar.com/gold-and-silver-prices-drop-in-local-market | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स