जेनजी आन्दोलनको सुरुदेखि सक्रिय GenZ.Nepal नामक इन्स्टाग्राम पेजले ऊर्जा मन्त्री कुलमान घिसिङलाई मन्त्री पदबाट तत्काल राजीनामा गर्न आग्रह गरेको छ। घिसिङले नयाँ राजनीतिक दल खोल्दै गरेको चर्चा भइरहेका बेला उक्त पेजमा सोमबार कोल्याब्रेसन पोस्टमा मन्त्री घिसिङको राजिनामा मागिएको हो।
“कुलमान घिसिङले पार्टी खोल्दै छन् भने, मन्त्रिपरिषद्को सदस्यबाट तुरुन्त राजीनामा दिनुपर्दछ।”इन्स्टाग्राम पोस्टमा भनिएको छ। पेजले फाल्गुन २१ मा तोकिएको निर्वाचन निष्पक्ष बनाउन मन्त्रिपरिषद् पूर्ण रूपमा स्वतन्त्र र कुनै राजनीतिक अभिभारा नबोकेको हुनुपर्ने दाबी गरेको छ।
पोस्टमा थप लेखिएको छ, “यो सरकारमा नितान्त निष्पक्ष निर्वाचन (फाल्गुन २१ मै) र भ्रष्टाचार प्रति शून्य सहनशीलता राख्ने स्वतन्त्र व्यक्ति मात्र मन्त्री हुनुपर्दछ।” सोहि पोस्टको अन्त्यमा, “तपाईंको राजनीतिक भविष्यको लागि शुभकामना, कुलमानज्यू।” भनिएको छ।











![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)





![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया