गगन थापाले काठमाडौँबाट गरे मतदान

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २१ गते
गगन थापाले काठमाडौँबाट गरे मतदान

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मन्दिर मयुर कुण्ड मतदान केन्द्रबाट मतदान गरेका छन् । मतदानपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले यस निर्वाचनले दिने ‘म्यानडेट’ ले आगामी पाँच वर्षमा देश सञ्चालनको मार्गचित्र बनाउने बताए।

“संविधान ‘लिक’भन्दा बाहिर गइसकेपछि  लामो समयसम्म राजनीतिक अनिश्चितता हुन्छ कि भन्ने भय थियो । त्यसैले यो निर्वाचन संविधानलाई ‘ट्रयाक’मा ल्याउन अनिवार्य थियो”, उनले भने, “निर्वाचन हुने नहुने द्विविधाकाबीच देशभर शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।”

नेपाली कांग्रेसले सभापति थापालाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेको छ । सभापति थापा सर्लाही निर्वाचन क्षेत्र नं ४ बाट उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स