उद्योगहरूमा १२ घण्टासम्म लोडसेडिङ हुन थालेपछि साँझमा पनि बिजुली पठाइदिन भारतसँग परराष्ट्रको प्रस्ताव

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र ७ गते
उद्योगहरूमा १२ घण्टासम्म लोडसेडिङ हुन थालेपछि साँझमा पनि बिजुली पठाइदिन भारतसँग परराष्ट्रको प्रस्ताव

नेपालमा सुक्खायाम सुरु भएसँगै औद्योगिक क्षेत्रमा बिजुली अभाव बढ्दै गएको छ। यस समस्यालाई मध्यनजर गर्दै परराष्ट्र मन्त्रालयले भारतलाई साँझ ६ देखि राति १० बजेसम्म २३० मेगावाट बिजुली आपूर्ति गर्न आग्रह गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको अनुरोधमा परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावासलाई औपचारिक प्रस्ताव पठाइएको छ। हाल उद्योगहरू दैनिक १२ घण्टासम्म लोडसेडिङको मारमा परेका छन्।

भारतबाट करिब ७०० मेगावाट बिजुली आयात भए पनि भारतले बेलुका ६ बजेपछि आपूर्ति नगर्ने भएपछि उद्योगहरू थप प्रभावित भएका छन्। ऊर्जामन्त्री दीपक खड्काले नेपालमा जलविद्युत् उत्पादन सुक्खायाममा घट्ने भएकाले भारतसँग सहयोग मागिएको बताए।

नेपालमा अधिकांश जलविद्युत् आयोजना ‘रन अफ द रिभर’ प्रविधिमा आधारित भएका कारण सुक्खायाममा उत्पादन १,००० मेगावाटमा सीमित हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स