केन्द्रीय सदस्य रोहन कार्कीले भने– “सेयर बजार सुधारमा अर्थमन्त्री स्पष्ट हुनुहुन्छ, लगानीकर्ता ढुक्क हुनुस्”

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र १७ गते
केन्द्रीय सदस्य रोहन कार्कीले भने– “सेयर बजार सुधारमा अर्थमन्त्री स्पष्ट हुनुहुन्छ, लगानीकर्ता ढुक्क हुनुस्”

सेयर बजारमा देखिएको गिरावटले लगानीकर्ता चिन्तित बनिरहेका बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ढाडस दिँदै बजार सुधारका लागि सरकार स्पष्ट रहेको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य रोहन कार्कीले ‘बजारको चिरफार’सँग कुराकानी गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सेयर बजारबारे स्पष्ट रहेको जानकारी दिएको बताए। मन्त्रीसँगको भेटमा वाग्लेले सरकार सेयर बजारसँग सम्बन्धित सबै विषयमा पार्टीको बाचा पत्रमा उल्लेख गरिएका कामहरू अक्षरशः कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको कार्कीले बताए।

वाचापत्रमा पुँजी बजारलाई पारदर्शी, सुरक्षित र लगानीमैत्री बनाउने लक्ष्यसहित नियामक सुधार, प्रविधिमैत्री कारोबार प्रणाली र लगानीकर्ता संरक्षण संयन्त्र बलियो बनाउने उल्लेख छ। साथै नेपाल धितोपत्र बोर्ड को संरचना पुनर्गठन गर्दै आवश्यक जनशक्ति, कार्यक्षमता र स्वायत्तता बढाउने योजना पनि राखिएको छ।

यसैगरी नेप्से र सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को पुनर्संरचना गरी निजी क्षेत्रको सेयर सहभागिता बढाउने र प्रतिस्पर्धात्मक डिपोजिटरी सेवा विकास गर्ने योजना पनि वाचापत्रमा समेटिएको छ।

रास्वपाले इन्ट्राडे कारोबार, सर्ट सेलिङ, फ्युचर्स र अप्सनजस्ता डेरिभेटिभ वित्तीय उपकरणहरू चरणबद्ध रूपमा सुरु गर्ने तथा नेप्सेलाई अन्तर्राष्ट्रियस्तरको बजार बनाउने लक्ष्य राखेको छ।

त्यस्तै पुँजी बजार कर नीति लगानीमैत्री बनाउने, गैरआवासीय नेपाली (NRN) लाई सेयर कारोबारमा सहभागी गराउने, र कमोडिटी मार्केट सञ्चालनमा ल्याउने घोषणा पनि गरिएको छ।

संस्थागत लगानीकर्ता विस्तार गर्न पेन्सन फन्ड, बिमा कम्पनी र म्युचुअल फन्डलाई सक्रिय लगानी गर्न प्रोत्साहन गर्ने योजना रहेको उल्लेख छ। साथै बन्ड बजार विकास, इन्फ्रास्ट्रक्चर बन्डमार्फत दीर्घकालीन परियोजनामा लगानी जुटाउने नीति पनि अघि सारिएको छ।

साना लगानीकर्ताको हित संरक्षणका लागि वित्तीय साक्षरता अभियान सञ्चालन गर्ने प्रतिबद्धता पनि रास्वपाले जनाएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स