अन्तत: प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण ४ गते
अन्तत: प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो

प्रधानमन्त्री केपी शर्मा ओलीको बहुप्रतीक्षित भारत भ्रमण भदौ ३१ गते हुने भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुई दिने भ्रमणका लागि ओली दिल्ली जानेछन् र १ असोजमा फर्किने छन्।

यो सम्भवतः अहिलेसम्मकै छोटो भारत भ्रमण हुनेछ। भ्रमणमा ठूला एजेन्डा नभए पनि विगतका समझदारीलाई निरन्तरता दिने र केही नयाँ परियोजना अघि बढाउने तयारी छ। सीमा व्यवस्थापन समूहको गृहसचिवस्तरीय बैठक त्यसअघि दिल्लीमा बस्नेछ।

यसपटक ओली–मोदी भेटमा लिम्पियाधुरा, लिपुलेकलगायत सीमा विवादको प्रसंग प्राथमिकतामा रहनेछ। संविधान संशोधनमार्फत विवादित नक्सा सार्वजनिक गरेपछि भारत असन्तुष्ट भएको पृष्ठभूमिमा यो भ्रमण हुँदैछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स