९ वटा निर्माण कम्पनीलाई अन्तिम चेतावनी, सात दिनभित्र स्पष्टीकरण नबुझाए कालोसूचीमा पर्न सक्ने

९ वटा निर्माण कम्पनीलाई अन्तिम चेतावनी, सात दिनभित्र स्पष्टीकरण नबुझाए कालोसूचीमा पर्न सक्ने

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले जिम्मेवारी समयमै पूरा नगर्ने नौ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ। कार्यालयले विभिन्न निकायबाट प्राप्त विवरणका आधारमा ती कम्पनीहरूलाई सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न सूचना जारी गरेको छ।

सूचना अनुसार, कालो सूचीमा परेका कम्पनीहरूले तीस दिनभित्र आफ्नो स्पष्टीकरण कार्यालयमा लिखित रूपमा पेश गर्नु पर्नेछ। यदि तोकिएको समयमा स्पष्टीकरण पेश नगरेमा वा पेश गरिएको स्पष्टीकरण सन्तोषजनक नभएमा, नियमावलीअनुसार कारबाही हुने कार्यालयले जनाएको छ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३(१) तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१(४क) अनुसार समयमै काम सम्पन्न नगर्ने कम्पनीलाई कालो सूचीमा राख्ने प्रावधानअनुसार यो प्रक्रिया अघि बढाइएको हो। स्पष्टीकरण पेश गर्न निर्देशन दिइएका कम्पनीहरूमा ओम गणेश निर्माण सेवा, न्यू रोहित ट्रेडर्स एण्ड अर्डर सप्लायर्स, डाइमेन्सनल कन्स्ट्रक्सन प्रालि, जिमी मेटल क्राफ्ट इण्डस्ट्रिज, सुरज कन्स्ट्रक्सन, अर्बन कन्स्ट्रक्सन, ब्रदर्श कन्स्ट्रक्सन र सूर्यदीप छापाखाना रहेका छन्।

620006259 1248762163810239 6203112187761308631 n https://bajarkochirfar.com/final-warning-to-9-construction-companies-may-be-blacklisted-if-they-fail-to-provide-clarification-within-seven-days | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स