बैंकिङ प्रणालीमा अत्यधिक तरलता, राष्ट्र बैंकले आज फेरि ६० अर्ब रुपैयाँ तान्दै

बैंकिङ प्रणालीमा अत्यधिक तरलता, राष्ट्र बैंकले आज फेरि ६० अर्ब रुपैयाँ तान्दै

बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंक लगातार निक्षेप संकलन उपकरणमार्फत पैसा संकलन गरिरहेको छ। यही क्रममा, राष्ट्र बैंकले आज असार ८ गते फेरि ६० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्ने भएको छ। तरलता व्यवस्थापनका लागि दिउँसो ३ बजे निक्षेप संकलनको बोलकबोल प्रक्रिया सञ्चालन हुने राष्ट्र बैंकले जनाएको छ।

बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँको गुणफलमा बोलकबोल गर्न सक्नेछन्, जसमा निःशेष भाग नजाने गरी प्रस्ताव पेश गर्नुपर्नेछ। बोलकबोल ब्याजदरमा आधारित हुनेछ भने बहुब्याजदरमा पनि प्रस्ताव दिन सकिनेछ। यस प्रक्रियामा ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने छन्।

४२ दिन अवधिको यस निक्षेप संकलनको साँवा तथा ब्याज साउन १८ गते भुक्तानी गरिनेछ। पछिल्लो समय कर्जाको माग कमजोर रहेको र लगानीका अवसर सीमित भइरहेका कारण बैंकिङ प्रणालीमा तरलता अत्यधिक बढेको छ। यसले गर्दा बैंक तथा वित्तीय संस्थाहरू करिब ३ प्रतिशत हाराहारीको ब्याजदरमै केन्द्रीय बैंकलाई पैसा दिन बाध्य भइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स