राष्ट्र बैंकमा एकैपटक ११ जना कार्यकारी निर्देशकको सरुवा, को कहाँ पुगे ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक १८ गते
राष्ट्र बैंकमा एकैपटक ११ जना कार्यकारी निर्देशकको सरुवा, को कहाँ पुगे ?

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले एकैपटक ११ जना कार्यकारी निर्देशक (ईडी)हरूको सरुवा गरेका छन्। राष्ट्र बैंकका अनुसार यो सरुवासँगै विभिन्न विभागका प्रमुखहरूमा व्यापक हेरफेर गरिएको छ।

विदेशी विनिमय विभाग प्रमुख रेवती प्रसाद नेपाललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा र सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग प्रमुख रोशन कुमार सिग्देललाई बैंकिङ विभागमा सरुवा गरिएको छ। बैंकिङ विभाग प्रमुख डा. डिल्लीराम पोख्रेललाई मौद्रिक व्यवस्थापन विभागमा पठाइएको छ भने मौद्रिक व्यवस्थापन विभाग प्रमुख दयाराम शर्मालाई गभर्नरको कार्यालयमा सरुवा गरिएको छ।

गभर्नर कार्यालयमा रहेका राजन विक्रम थापालाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ। संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागका प्रमुख अनुज दाहाललाई मुद्रा व्यवस्थापन विभागमा पठाइएको छ। मुद्रा व्यवस्थापन विभाग प्रमुख रामु पौडेललाई शक्तिशाली बैंक तथा वित्तीय संस्था नियमन विभागमा सरुवा गरिएको छ भने त्यहाँका प्रमुख गुरु प्रसाद पौडेललाई मानव संसाधन व्यवस्थापन विभागमा पठाइएको छ।

मानव संसाधन व्यवस्थापन विभाग प्रमुख विश्रुत थापा वित्तीय संस्था सुपरीवेक्षण विभागमा सरुवा भएका छन्। कार्यकारी निर्देशक किरण पण्डितलाई भुक्तानी प्रणाली विभागबाट विदेशी विनिमय व्यवस्थापन विभागमा र डा. सत्येन्द्र तिमिल्सिनालाई वित्तीय संस्था सुपरीवेक्षण विभागबाट भुक्तानी प्रणाली विभागमा पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स