महोत्तरीको बर्दिबास नगरपालिका–७ स्थित प्रेमनगरमा रहेको रानी मावि मतदान केन्द्रमा विवादका कारण रोकिएको मतदान पुनः सुरु भएको छ।
बर्दिबास–७ का स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित वडाध्यक्ष रामसोभारत यादवले वारेस नाममार्फत मतदान गर्न खोजेपछि विवाद भएको थियो। विवाद बढ्दै जाँदा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताहरूले यादवमाथि आक्रमण गरेका थिए। सो क्रममा उनको नाकमा चोट लागेको प्रहरीले जनाएको छ।
यस घटनापछि केही समयका लागि उक्त केन्द्रमा मतदान रोकिएको थियो। पछि छलफलपछि दिउँसो १२:३९ बजेदेखि पुनः मतदान सुरु गरिएको जनाइएको छ।

















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया