रास्वपाका वरिष्ठ नेता बालेन शाह हेलिकप्टर चढेर बीच बाटोबाट फर्किएको घटनाबारे निर्वाचन आयोग ले प्रतिक्रिया दिएको छ।
मतदान सम्पन्न भएपछि आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले परम्पराअनुसार नै दलका शीर्ष नेताहरूलाई हेलिकप्टर प्रयोगको अनुमति दिँदै आएको बताएका छन्।
उनले भने, “परम्परादेखि नै पार्टीका उच्च नेता र उहाँका सहयोगीलाई हेलिकप्टरको अनुमति दिँदै आएका छौँ। सोही अनुसार हामीले केही दललाई अनुमति दिएका हौँ र नेताहरूले पनि अनुमति अनुसार प्रयोग गर्नुभएको छ।”
हेलिकप्टर काठमाडौं फर्किएपछि शाहको सचिवालयले आयोगको अनुमति लिएर गएको भए पनि सुरक्षाको कारण बीच बाटोबाट फर्किएको जनाएको थियो। तर यस विषयमा आयोगले कुनै आधिकारिक विज्ञप्ति जारी नगरेको भण्डारीले स्पष्ट पारे।
उनका अनुसार केही नेताहरू हेलिकप्टरको स्वीकृति लिएर बीच बाटोसम्म पुगेपछि सुरक्षा कारण देखाउँदै फर्किएको प्रारम्भिक जानकारी आयोगलाई आएको छ। यदि यसबारे कतैबाट विज्ञप्ति आएको भए त्यसको स्रोतबारे पनि आयोगले अध्ययन गर्ने उनले बताएका छन्।

















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया