मेडिकल व्यवसायी दुर्गा प्रसाईं थुनामुक्त भएका छन्। पटकपटक पक्राउ परेका प्रसाईंलाई बंदी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले मंगलबार थुनामुक्त गर्ने आदेश दिएको थियो। प्रसाईं, जो राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक हुन् उनलाई चुनाव भाँड्ने गतिविधि गरेको आरोपमा पक्राउ गरिएको थियो। निर्वाचन आयोगले पनि चुनाव बिथोल्ने गतिविधि गरेको भन्दै प्रहरीलाई उनलाई पक्राउ गर्न पत्राचार गरेको थियो।
सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले मंगलबार साँझ प्रसाईंलाई रिहा गर्न आदेश दिएको थियो। तर, कार्यालय समयमा आवश्यक प्रक्रिया नसकिएको कारण उनको हिरासतमुक्ति आज मात्र सम्पन्न भएको हो। प्रसाईं ४ फागुनमा भक्तपुरस्थित निवासबाटै


















प्रतिकृया