राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अहिले बिरामीबाट निको हुँदै छन्। उनी हिजो मात्रै अस्पतालबाट डिस्चार्ज भएका हुन्।
रास्वपाले सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको समापन समारोहलाई उनले सम्बोधन गर्ने जानकारी यसअघि दिइएको थियो। तर आज बिहान सार्वजनिक कार्यतालिकाअनुसार दुईदिने अभिमुखीकरणको समापन सत्रलाई भोलि सम्बोधन गर्ने उल्लेख गरिएको छ।
कार्यक्रममा वरिष्ठ नेता बालेन शाहको नाम नसमेटिएको विषयमा सांसदहरूबीच कानेखुसीसमेत चलेपछि रास्वपा उपसभापति डीपी अर्यालले स्पष्टिकरण दिएका छन्।
उनले सभापति लामिछाने स्वास्थ्य अवस्था कमजोर भएकाले र वरिष्ठ नेता बालेन शाह व्यस्तताका कारण उद्घाटन समारोहमा उपस्थित हुन नसकेको बताएका छन्।
















![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया