राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसदहरूको अभिमुखीकरण कार्यक्रममा मन्त्री बन्ने मिडिया ट्रायलप्रति चासो व्यक्त गर्दै यसबाट टाढा रहन सांसदहरूलाई आग्रह गरेका छन्।
बुधबार सम्पन्न कार्यक्रमको समापनमा उनले सांसदहरूलाई सम्बोधन गर्दै भने: “तपाईंहरूमध्ये कोही न कोही मन्त्रालय सम्हाल्ने साथीहरू हुनुहुन्छ। तर कृपया ‘मन्त्री बनाइदिनुस्’ भनेर अथवा मिडिया ट्रायलमा ‘म फलानो मन्त्री’ भनेर प्रचार गर्ने काम बन्द गरिदिनुहोला।”
लामिछानेले थपे, पार्टीले अहिलेसम्म कसलाई सरकारमा पठाउने भन्ने निर्णय गरेको छैन। मन्त्री चयनको मापदण्ड व्यक्तिको क्षमता र विज्ञता हुने भएकाले कसैले आफ्नो लागि बाहिरी दबाब दिन नहुने उनले बताए।
उनको अनुसार, पार्टीले मिडियामा धेरै देखिने र कम देखिने दुवै प्रकारका सांसदहरूको मूल्यांकन गरिरहेको छ।












![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)




![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया