रास्वपाबाट निष्कासित पूर्व महामन्त्री मुकुल ढकाललाई पार्टीमा फर्काउन माग



Advertisement
Ads

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निष्कासनमा परेका पूर्व महामन्त्री मुकुल ढकाललाई पार्टीको पुरानै जिम्मेवारीमा फर्काउन माग गर्दै कोशी प्रदेशका सभापति राजेश तिम्सिना र मधेश प्रदेशका सभापति तपेश्वर यादवले कार्यवाहक सभापति डीपी अर्याललाई छुट्टा–छुट्टै पत्र पठाएका छन्।

तिम्सिनाले आफ्नो पत्रमा ढकालको निष्कासनपछि पार्टी कमजोर भएको उल्लेख गर्दै उनले हस्ताक्षर फिर्ता लिएको जानकारी दिएका छन्। “राइट टु रिकलको प्रावधानअनुसार हस्ताक्षर र सहमति फिर्ता गर्नु पार्टी नीतिमा रहेकाले पूर्व महामन्त्री ढकाललाई पुरानै जिम्मेवारीमा फर्काउनुपर्छ,” तिम्सिनाले पत्रमा लेखेका छन्।


Advertisement

त्यस्तै, मधेशका सभापति यादवले पनि ढकाललाई हटाउन गरेको हस्ताक्षर फिर्ता लिएको उल्लेख गर्दै पार्टी हाल गम्भीर संकटको घडीमा रहेको बताएका छन्। “रास्वपाले वैकल्पिक राजनीतिसँगै नेपाली जनताको आशाको भविष्य निर्धारण गरिरहेको छ। यस्तो अवस्थामा एकापसका तुष त्यागेर जुटेर अघि बढ्न आवश्यक छ,” यादवले पत्रमा लेखेका छन्।

गएको असारमा रास्वपाले संस्थापक महामन्त्री तथा प्रवक्ता ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो। तर, ढकालको पक्षमा उठेको यो मागले पार्टीभित्रको आन्तरिक विवादलाई समाधान गर्न पहल हुनसक्ने अनुमान गरिएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर