दार्चुला पावर लिमिटेडले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात रु १०० अंकित दरका ३० लाख कित्ता साधारण सेयर निष्काशन गर्न मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। सम्झौतापत्रमा दार्चुला पावरको तर्फबाट अध्यक्ष सतिस न्यौपाने र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्।
कम्पनी दार्चुलामा २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण गर्दैछ, जसको कुल लागत ५६६ करोड रहेको छ।आयोजनाको वित्तीय व्यवस्थापन अनुसार नेपाल बैंक र नबिल बैंकले कुल ७५ प्रतिशत ऋण लगानी गर्ने भएका छन्, जसमा नेपाल बैंकले २२४.५ करोड र नबिल बैंकले २०० करोड रुपैयाँ लगानी गर्नेछ।
















![बाढीले कुन क्षेत्रको Hydropower मा धेरै क्षति पुर्याउने सम्भावना छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/pDpqzAC-erY-maxresdefault-150x150.jpg)



प्रतिकृया