अब नेपालमा क्रिप्टो र बेटिङमा संलग्नलाई सम्पत्ति शुद्धीकरणको मुद्दा

अब नेपालमा क्रिप्टो र बेटिङमा संलग्नलाई सम्पत्ति शुद्धीकरणको मुद्दा

नेपाल सरकारले क्रिप्टोकरेन्सी र अनलाइन बेटिङमा संलग्न व्यक्तिहरूलाई ‘सम्पत्ति शुद्धीकरण’ मुद्दा लाग्ने निर्णय गरेको छ। हालै राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले सम्पत्ति शुद्धीकरण अपराधमा आधा दर्जन नयाँ कसुर थपेको छ।

सूचना अनुसार मानव तस्करी, हुन्डी, भर्चुअल मुद्रा प्रयोग, अनुचित लेनदेन, खेलमा मिलेमतो तथा अनियमितता र बिना अनुमति क्यासिनो सञ्चालनसमेत अब सम्पत्ति शुद्धीकरण अपराधमा पर्नेछन्। नेपालमा क्रिप्टोकरेन्सी र अनलाइन बेटिङ पहिले नै पूर्ण रूपमा प्रतिबन्धित छन्। तर, यी गतिविधि अनधिकृत रूपमा भइरहेका भेटिएका छन्। क्रिप्टोकरेन्सीको प्रयोग वैदेशिक लगानी र अनलाइन कारोबारका लागि भइरहेको पाइएको भए पनि यो सरकारी निगरानीभन्दा बाहिर छ।

सरकारले अवैध गतिविधिबाट आर्जित सम्पत्तिलाई कानुनी दायरामा ल्याउन यो निर्णय लिएको हो। साथै, सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा ७(२) अन्तर्गत नियामक निकाय तोक्ने निर्णय समेत गरिएको छ।

Screenshot 9 1 2025 125519 https://bajarkochirfar.com/crypto-and-betting-involvement-in-nepal-now-falls-under-money-laundering-charges | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स