नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ। शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले थापालाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्।
उपसभापति विश्वप्रकाश शर्माले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव बैठकमा पेश गरेका थिए। चालिसेका अनुसार, प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको छ। कांग्रेसले मुलुकको विशिष्ट परिस्थितिलाई ध्यानमा राखेर यो निर्णयलाई सहि ढंगले व्यवस्थापन गर्ने प्रयासको रूपमा लिन आग्रह गरेको छ।















![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)




प्रतिकृया