चुनावमा हार बेहोरेपछि पार्टी सुधारका लागि कांग्रेसले माग्यो सुझाव

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र २ गते
चुनावमा हार बेहोरेपछि पार्टी सुधारका लागि कांग्रेसले माग्यो सुझाव

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीमा आगामी दिनमा गरिनुपर्ने सुधारका लागि कार्यकर्ता र शुभेच्छुकसँग सुझाव मागेका छन्। महामन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत नीतिगत, संरचनागत र व्यवहारिक सुधारका विषयमा सुझाव दिन सार्वजनिक आह्वान गरेका हुन्।

उनले लेखेका छन्, “भर्खरै सम्पन्न आम निर्वाचन २०८२ को नतिजा हामीसँग आइसकेको छ। पुसमा सम्पन्न विशेष महाधिवेशनले निर्देश गरेका कार्यदिशालाई आत्मसात गर्दै पार्टीको नियमित महाधिवेशन छिट्टै आयोजना गर्नुपर्नेछ। यिनै पृष्ठभूमिमा पार्टीलाई आगामी दिनमा कसरी अघि लैजाने भन्ने सम्बन्धमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बस्दैछ। यसै परिस्थितिमा पार्टीमा गर्नुपर्ने नीतिगत, संरचनागत र व्यवहारिक सुधारका विषय के हुन सक्छन्? सुझाव उपलब्ध गराई सहयोग गर्न नेपाली कांग्रेसका समर्थक र शुभेच्छुक सबैमा विनम्र अनुरोध गर्दछौं।”

महामन्त्री पौडेलले प्राप्त सुझावलाई पार्टीले आत्मसात गर्ने प्रतिबद्धता पनि जनाएका छन्। पार्टीले आम निर्वाचनको समीक्षा गर्दै भावी रणनीति तय गर्ने तयारीमा रहेको र त्यसैको लागि सुझाव मागिएको हो। इच्छुकले गुगल फर्ममार्फत र पार्टीको आधिकारिक इमेल [email protected] वा अन्य सम्पर्क माध्यममार्फत सुझाव दिन सक्ने व्यवस्था गरिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स