नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यसमितिको बैठक भोलि (मंगलबार) पार्टीको केन्द्रीय कार्यालय, सानेपामा दिउँसो १ बजे बस्ने जानकारी दिएको छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा हालै सम्पन्न निर्वाचनको विस्तृत समीक्षा गरिनेछ।
सोमबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाले पेश गरेको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको थियो भने निर्वाचनको प्रारम्भिक समीक्षा पनि गरिएको थियो। मंगलबारको बैठकमा सभापति थापा स्वयं उपस्थित हुनेछन्, जुन निर्वाचनपछि उनको पहिलो सहभागिता हुनेछ। यसअघि शुक्रबार र आइतबार बसेका बैठकहरू उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा सञ्चालन भएका थिए।




















प्रतिकृया