SHAREHUBSHAREHUB

मनाङमा कांग्रेस उम्मेदवार गुरूङ २ हजार ४१५ मतसहित विजयी

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २२ गते
AdvertisementAds
मनाङमा कांग्रेस उम्मेदवार गुरूङ २ हजार ४१५ मतसहित विजयी
AdvertisementAds

मनाङमा प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरूङ विजयी भएका छन्।

बिहीबार भएको मतगणनाका अनुसार गुरूङले सबै प्रतिस्पर्धीलाई पछि पार्दै २ हजार ४१५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपाकी यशोदा सुवेदी गुरूङले ४५४ मत पाएकी छन् भने मंगोल नेशनल पार्टीका रामबहादुर घलेले ९ मत मात्रै प्राप्त गरे।

मनाङमा कुल ७ हजार मतदाता रहेका थिए र ३ हजार ९२३ मत खसेको थियो भने ४५ मत बदर भएका छन्।

हिमाली जिल्ला मनाङमा कांग्रेस उम्मेदवार गुरूङलाई नेकपा एमालेले समर्थन गरेको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी दिएको थिएन।

औपचारिक घोषणा हुन भने बाँकी रहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स