बालगायक सचिन परियारको निधन

बालगायक सचिन परियारको निधन

सामाजिक सञ्जालमा भाइरल बालगायक सचिन परियारको निधन भएको छ। त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान करिब १० बजे उनको निधन भएको पारिवारिक र अस्पताल स्रोतले पुष्टि गरेका छन्।

सचिनलाई स्वास्थ्यमा समस्या आएपछि एक हप्ता अघि अस्पताल भर्ना गरिएको थियो। आईसीयूमा राखेर उपचार गरिएपनि उनको स्वास्थ्यमा सुधार आउन सकेन। उनी १३ वर्षका थिए।

सचिनका बाबु तेजेन्द्र परियारले छोराको उपचारका लागि आर्थिक अभावको कुरा गरेका थिए। उनको शव अस्पतालबाट निकालेको छैन, र बाबु तथा परिवारका सदस्य अस्पतालमै उपस्थित छन्।

सचिन मिठो बोली र अनौठो हाउभाउका कारण सामाजिक सञ्जालमा भाइरल भएका थिए। उनी सानैदेखि शारीरिक रुपमा कमजोर थिए, र पछिल्लो समय सडकमा मानिससँग पैसा मागेर हिँडिरहेका थिए। छोराको उपचारका लागि उठेको सहयोग दुरुपयोगको आरोप पनि उनीमाथि लागेको थियो।

सचिन एक बालगायकका रुपमा परिचित थिए र उनले गाएका गीतहरु सामाजिक सञ्जालमा निकै चर्चित भएका छन्। उनले महानायक राजेश हमालसँग एक म्युजिक भिडियोमा अभिनय गरेका थिए भने हास्य श्रृङ्खला ‘मेरी बास्सै’मा पनि भूमिका निर्वाह गरेका थिए। उनका प्रमुख गीतहरुमा ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, र ‘बरको छाँयाले’ रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स