Advertisement
Ads

महालक्ष्मी विकास बैंक सहित १५ बैंक तथा वित्तीय संस्थाका सिईओ राष्ट्र बैंकको कारवाहीमा



Advertisement
Ads

नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जामा दुरुपयोग गरेको भन्दै १५ वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूलाई कारबाही गरेको छ। कोभिड-१९ को समयमा अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले सरकारले सहुलियतपूर्ण कर्जा र राष्ट्र बैंकले पुनर्कर्जा सुविधा उपलब्ध गराएको थियो। तर, यस कर्जामा दुरुपयोग भएको भन्दै स्वतन्त्र परामर्शदातामार्फत गरिएको अध्ययन प्रतिवेदनका आधारमा राष्ट्र बैंकले ७ विकास बैंक र ८ फाइनान्स कम्पनीका सीईओलाई सचेत गराएको हो।

सरकारले नियुक्त गरेको स्वतन्त्र परामर्शदाताले सहुलियतपूर्ण कर्जा, पुनर्कर्जा, र व्यावसायिक निरन्तरता कर्जाको सदुपयोग सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेस गरेको थियो। उक्त प्रतिवेदनमा केही वित्तीय संस्थाहरूले कर्जाको दुरुपयोग गरेको वा दुरुपयोगको आशंका गरिएको उल्लेख गरिएको छ।


Advertisement

राष्ट्र बैंकले लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, कामनासेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक, सालपा विकास बैंक, गरिमा विकास बैंक, र सप्तकोशी डेभलपमेन्ट बैंकका सीईओलाई सहुलियतपूर्ण कर्जाको दुरुपयोग गरेको भन्दै सचेत गराएको छ।

यस्तै, समृद्धि फाइनान्स, पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, आईसीएफसी फाइनान्स, जानकी फाइनान्स, सेन्ट्रल फाइनान्स, रिलायन्स फाइनान्स, र गुडविल फाइनान्सका सीईओलाई पनि कर्जाको दुरुपयोग गरेको आरोपमा सचेत गराइएको छ।

यहाँ क्लिक गरेर हेर्नुहोस् पुरा सूचना

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर