दीपक साह पदमुक्त भएपछि मन्त्रिपरिषद्को कार्यविभाजन हेरफेर

दीपक साह पदमुक्त भएपछि मन्त्रिपरिषद्को कार्यविभाजन हेरफेर
Advertisement Ads

मन्त्री दीपककुमार साह पदमुक्त भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री बालेन्द्र शाहले नै सम्हाल्ने भएका छन्।

प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को कार्य विभाजनमा सामान्य हेरफेर गरेका हुन्।

अब प्रधानमन्त्री शाहले रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्ने छन्। यसअघि पनि उनले रक्षा र उद्योग मन्त्रालयको जिम्मेवारी आफैंले हेर्दै आएका थिए।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सिफारिसमा प्रधानमन्त्री शाहले मन्त्री साहलाई पदमुक्त गरेका थिए। लामिछानेले साहले पदीय मर्यादाको दुरुपयोग गरेको आरोप लगाउँदै फिर्ता बोलाउन आग्रह गरेका थिए। सोही आधारमा प्रधानमन्त्री शाहले उक्त निर्णय लिएका हुन्।

download 2 1 https://bajarkochirfar.com/cabinet-division-of-duties-changed-after-deepak-sahs-resignation | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स