भृकुटीमण्डपमा आज (भदौ ३ गते) देखि सुरु भएको १७औँ नाडा अटो शो २०२५ मा बीवाईडीको नयाँ एसयूभी एट्टो–२ नेपाली बजारमा सार्वजनिक गरिएको छ। नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले एट्टो–२ ल्याएको हो। यो इलेक्ट्रिक गाडीको मूल्य कम्पनीले ४३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ।
एट्टो–२ बीवाईडीको नयाँ ई–प्लेटफर्म ३.० मा बनेको छ। यसमा ४१.१–४५.१ किलोवाट आवर क्षमताको ब्लेड ब्याट्री प्रयोग गरिएको छ, जसले एक पटकको चार्जमा ३१०–३४५ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। गाडीलाई ७ किलोवाट एसी वा ८२ किलोवाट डीसी फास्ट चार्जरमार्फत चार्ज गर्न सकिन्छ। यसमा जडान गरिएको १०० किलोवाट मोटरले २९० एनएम टर्क उत्पादन गर्छ भने गाडीको टप स्पिड १६० किलोमिटर प्रतिघण्टा रहेको छ।
एट्टो–२ को लम्बाइ करिब ४२९०–४३१० एमएम, चौडाइ १७७०–१८३० एमएम र उचाइ १५७०–१६७५ एमएम छ। यसमा १७ इन्च अलोय ह्वील, १४३० लिटर बुट स्पेस, २०० एमएम ग्राउन्ड क्लियरेन्स र २६२० एमएम ह्वीलवेस दिइएको छ। फिचरमा १२.८ इन्च रोटेटिङ टच स्क्रिन, ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, रियर पार्किङ सेन्सर लगायतका सुरक्षा तथा लक्जरी विकल्प उपलब्ध छन्।



















प्रतिकृया