संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै, बजेट माथि छलफल हुने



Advertisement
Ads

संघीय संसद्को दुवै सदन आज बैठक बस्ने भएका छन्। प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ।

प्रतिनिधिसभामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफलका लागि प्रस्ताव पेस गर्ने अपेक्षा गरिएको छ। यो प्रस्तावमाथि छलफल कार्यसूचीमा रहनेछ।


Advertisement

त्यसैगरी, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयक, २०८२’ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने सम्भावना छ।

सभामुखले विषयगत समितिमा सदस्य हेरफेर र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको जानकारी पनि दिने कार्यसूचीमा समावेश छ।

राष्ट्रियसभाको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भन्सार विधेयक, २०८०’ माथि विचार गर्न प्रस्ताव प्रस्तुत गर्ने अपेक्षा छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले प्रतिनिधिसभाबाट प्राप्त संशोधनका विषयमा ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ माथि छलफल गर्न प्रस्ताव पेस गर्नेछन्। साथै, संशोधनलाई सहमति गर्ने प्रस्ताव पनि प्रस्तुत गरिने कार्यसूचीमा छ।

संसद् सचिवालयले संविधानसभा सदस्य तथा प्रतिनिधिसभाका पूर्वसदस्य गणेशबहादुर खड्काको निधनमा शोक प्रस्ताव प्रस्तुत हुने जानकारी दिएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर