चौथो चरणको ब्रेन क्यान्सरसँग संघर्षरत विवेक पंगेनीको अमेरिकामा उपचारकै क्रममा बुधबार राति निधन भएको छ। पत्नी सिर्जना सुवेदीले पतिलाई बचाउन धेरै प्रयास गरे पनि अन्ततः असफल भइन्।
२०७९ मा भौतिकशास्त्रमा पीएचडी गर्न पूर्ण छात्रवृत्तिमा अमेरिका पुगेका विवेक आमाको निधनपछि नेपाल फर्किएका थिए। नेपालमा स्वास्थ्य परीक्षणका क्रममा चौथो स्टेजको ब्रेन ट्युमर पत्ता लागेको थियो। दुई शल्यक्रिया, किमोथेरापी र रेडियसनपछि पनि उनको स्वास्थ्यमा सुधार आउन सकेन।
सिर्जनाले टिकटक र ट्विटरमार्फत विवेकको अवस्था सार्वजनिक गरेपछि लाखौंले प्रार्थना र आर्थिक सहयोग गरे। “गो फन्ड” अभियानबाट $१ लाखभन्दा बढी रकम संकलन भएको थियो।
सिर्जना र विवेकको प्रेम, त्याग, र संघर्षले सामाजिक सञ्जालमा धेरैको मन छोएको थियो। टिकटकमा भाइरल यो जोडीलाई “आदर्श प्रेम जोडी” का रूपमा स्मरण गरिनेछ।
चार महिनाअघि भाइको मृत्यु भोगेका विवेकका परिवारले अर्को ठूलो क्षति व्यहोरेका छन्।















प्रतिकृया