सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। सेबोनका तत्कालीन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले गत वैशाख ४ गते राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो।
नवनियुक्त अध्यक्ष भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्। उनले नेपाल राष्ट्र बैंकमा करिब तीन दशक लामो सेवा गरेका छन्। साथै, उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत व्यवस्थापन संकायबाट विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका छन्।















![नेपालमा सफल बिजनेस गर्ने हो भने बुझ्नैपर्ने कुराहरु [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/b6-IQQtovOU-maxresdefault-768x432.jpg)






प्रतिकृया