राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई पुरानो राजनीतिक संस्कार त्याग्न र गुटबन्दीमा नफस्न निर्देशन दिएका छन्।
सांसदहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै लामिछानेले सांसदहरूको मुख्य जिम्मेवारी कानुन निर्माण रहेको भन्दै स्वार्थ समूहको पछि नलाग्न सचेत गराएका हुन्। उनले चेतावनी दिँदै भने, ‘पुराना दलहरू जस्तै आफूलाई केन्द्रमा राखेर राजनीति गरे रास्वपाको भवितव्य पनि उनीहरूको भन्दा नराम्रो हुनसक्छ।’
उनले जोड दिँदै भने, ‘देशलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बेला आएको छ, र मन्त्री वा प्रधानमन्त्री बन्ने व्यक्तिगत सपनाको भार समाजले बहन गर्न सक्दैन।’ देशमा विचौलियाहरूको बिगबिगी रहेकोतर्फ सचेत गराउँदै उनले सांसदहरूलाई यस्तो चेतावनी पनि दिँदै भने, ‘कुनै पनि विचौलियासँग साँठगाँठ नगर्न र चिया खानुअघि आफ्नो छोरा गुमाएर संसद्मा पुगेकी ‘सहिदकी आमा’लाई सम्झनुहोस्।’
साथै, जनताले पुराना दलहरूलाई ३६ वर्ष कुर्न सक्ने भए पनि, रास्वपालाई ३६ महिना वा ३६ दिन पनि कुर्ने धैर्यता छैन भन्ने यथार्थ बुझ्न उहाँले सांसदहरूलाई आग्रह गरे।




















प्रतिकृया